Thu May 19 2022
देश

एमाले र जसपा छोड्न चाहने जनप्रतिनिधिलाई भदौ २२ गतेसम्मको सयय

काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गते बेलुका ५ बजेसम्मको समय दिएको छ ।

आइतबार निर्वाचन आयोगका पदाधिकारीहरूको बैठकले नयाँ दाल रोज्ने जनप्रतिनिधिहरूका लागि भदौ २२ गते बेलुका ५ बजेसम्मको हदम्याद तोकेको हो ।

नेकपा एमाले परित्याग गरेर माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) पार्टीमा लाग्न चाहने प्रदेश सभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरुले निर्वाचन कार्यालयबाट सनाखत गरिसक्नुपर्ने हद म्याद तोकिएको छ ।

सरकारले संघीय संसद वा केन्द्रीय समितिको २० प्रतिशत पु¥याएर दल विभाजन गर्न सक्ने अध्यादेश ल्याएपछि एमाले फुटेर नेकपा एकीकृत समाजवादी र जसपा फुटेर लोकतान्त्रिक समाजवादी पार्टी बनेका छन् । दुवै दलले ९ भदौमा मान्यता पाएका थिए ।

त्यसै गरी जसपा परित्याग गरेर महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीमा जान चाहने प्रदेश सांसद र स्थानीय जनप्रतिनिधिले पनि भदौ २२ गतेसम्म सनाखत गरिसक्नुपर्ने भएको छ ।

अध्यादेशमा प्रदेश र स्थानीय तहका जनप्रतिनिलाई २१ दिनभित्र दल रोज्न दिने व्यवस्था समेत छ । आयोगको आइतबार बसेको बैठकले २२ गतेसम्म दल रोज्न दिने निर्णय गरेको हो ।