प्रदिप भण्डारी, काभ्रेपलाञ्चोक । काभ्रेमा अविरल बर्षाको कारण बाढिपहिरोको जोखिम बढेको छ ।
शनिबार रातिदेखि परेको पानीले पाँचखाल, तिनपिप्लेमा पहिरो खस्दा अरनिको राजमार्ग केहिबेर अवरुद्ध भए पश्चात एकतर्फि सुचारु भएको छ ।
बीपी राजमार्गमा अन्तर्गत रोशि गाउँपालीका वडा नं. ७ मा पहिरो खस्दा काठमाण्डौ बाट जनकुर जादै गरेको ज ८ प ७४०९ को मोटरसाइकलमा सबार २ जनामध्ये वीपी राजमार्गमा गएको पहिरोको कारण दुर्घटना हुदा १ जनाको उपचारको क्रममा मृत्यु भएको छ ।
अर्का १ जना गम्भिर घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका सुचना अधिकारी डिएसपी हरी खतिवडाले जानकारी दिनुभयो ।