Tue May 17 2022
देश

महगिँदै नेपालीको भान्छा, उपभोग्य बस्तुको मूल्य १० प्रतिशत बढ्यो

जिबन रानाभाट, काठमाडौं । इन्धनको मूल्य वृद्धिको बाहानामा उपभोग्य वस्तुको औषत मूल्य वृद्धिदर १० प्रतिशतसम्म बढेको छ ।

पछिल्लो समय व्यापारीले विभिन्न बहानामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढाउँदा पनि सरकारी निकाय मौन देखिएका छन् ।

यी हुन ललितपुरकि सरिता चौलागाई, अहिले काठमाण्डौ महानगरपालिका १० भिमसेनगोला नया बानेश्वरमा ४ जनाको परिवार सहित घर भाडामा बस्छिन् ।

केहि महिना अघि सम्म १५० रुपैयामा खाने तेल किनेकी उनले अहिले २७० सम्म तिर्दा आक्रोशित छिन। तेल मात्र हैन अहिले उपभोक्ताले दैनिक उपभोग गर्ने बस्तुको मूल्य अस्वभाविक बढेको छ ।

घर भान्छामा दैनिक प्रयोग हुने खानेतेल, चामल, तरकारी, माछा मासु, गेडागुडी लगायतका खाद्यान्न सामग्रीको मूल्य बृद्धिका कारण उनीहरुको भान्छा महँगो भएको हो ।

केहि महिना अघि सम्म प्रतिलिटर १५० पर्ने खाने तेल अहिले २७० सम्म पुगेको छ । १५५० मा कारोबार हुने चामल अहिले प्रतिबोरा १७५० सम्म पुगेको छ । दाल ३० प्रतिशत सम्म बढेको ब्यापारीको भनाइ छ ।

महँगी बढ्दा पनि सरकारले बजार अनुगमनलाई प्रभावाकरी बनाउँन सकेको छैन । खानेतेल, घ्यू, दाल, तरकारी, गेडागुडी तथा फलफूलजन्य बस्तुको मूल्य करिव २० प्रतिशतले बृद्धि भएको छ ।

सरकारले पटक पटक पेट्रोलियम पदार्थको मूल्य बृद्धि गर्दा व्यापारीहरुलाई मूल्य बढाउने बहाँना भएको छ । सरकारले बजारलाई कडाई गर्न नसक्दा पनि बजार भाउँ अकासिएको उपभोक्ताकर्मिको गुनासो छ ।

व्यापारीले विभिन्न बहानामा तरकारी तथा अन्य दैनिक उपभोग्य वस्तुको मूल्य अचाक्ली बढाउँदा पनि सरकारी निकाय भने मौन देखिएका छन् ।

बिचौलियाहरू हावी भएर तरकारी तथा अन्य उपभोग्य वस्तुहरूको मूल्य अस्वाभाविक रूपमा वृद्धि गरेर कालोबजारी हुँदासमेत सरकारी निकायले सशक्त रूपमा अनुगमन गर्न नसकेको गुनासो बढ्दो छ ।

महँगी नियन्त्रण हुन नसक्दा वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतको वाणिज्य विभागको भूमिकामाथि नै प्रश्न सिर्जना भएको छ ।

दैनिक भान्सामा प्रयोग हुने सामनाको मूल्य बढ्दा समेत सरकारी अधिकारी तथा उपभोक्ताबादी मौन बस्दा थप शंका उब्जिएको छ ।