जोडिनुहोस
  • होमपेज
  • ओलीले भने – उपनिर्वाचनलाई मर्यादित बनाउन सार्वजनिक बहस गरौं

ओलीले भने – उपनिर्वाचनलाई मर्यादित बनाउन सार्वजनिक बहस गरौं

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी बैशाख १० गते हुने उपनिर्वाचनलाई स्वस्थ्य र मर्यादित बनाउन एजेण्डामा आधारित बहस गर्न आग्रह गरेका छन् ।

बिहीबार बिहान सामाजिक सञ्जालमार्फत अध्यक्ष ओलीले चितवन–२, तनहुँ १ र बारा २ मा हुने निर्वाचनलाई मर्यादित बनाउन गालीगलौज नगरी एजेण्डामा आधारित बहस गर्न आग्रह गरेका हुन् ।

वैशाख १० गते उपनिर्वाचमा भाग लिने उम्मेदवारहरूको आज अन्तिम नामवली प्रकाशित हुँदैछ । यसैबीच उनले धेरै उम्मेदवार युवाहरू देखिएकोमा यो खुसीको कुरा भएको बताएका छन् ।

ओलीले गत मंसिर ४ मा सम्पन्न आम निर्वाचनअघि पनि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई सार्वजनिक बहसका लागि चुनौती दिएका थिए । उनले देउवालाई सार्वजनिक बहसका लागि आह्वान गर्दा त्यो प्रयास सफल नभएको भन्दै राजनीतिलाई सहीबाटोमा लैजान एजेण्डा केन्द्रित हुनुपर्ने बताएका हुन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका