Sun May 22 2022
अन्तर्राष्ट्रिय

भारतमा थप ४३ हजार जनामा कोरोना संक्रमण

काठमाडौँ– भारतमा थप ४३ हजार ३८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

पछिल्लो वृद्धिसँगै भारतमा संक्रमितको संख्या ३ करोड २७ लाख ३७ हजार ५६९ पुगेको छ । यो समाचार तयार पार्दासम्म भारतमा ३ लाख ८३ हजार २१३ जना संक्रिय संक्रमित छन् ।

यस्तै त्यहाँ एकैदिन ५२७ संक्रमितको मृत्यु भएको छ । पछिल्लो विवरणसँगै भारतमा कोरोनाले मृत्यु हुनेको संख्या ४ लाख ३८ हजार ३८७ पुगेको छ ।