Mon May 16 2022
मुख्य खबर

नेपालमा थप १ हजार ९०२ जनामा कोरोना संक्रमण, १६ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ९०२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ११ हजार ८९२ जनाको पीसीआर परीक्षणमा १ हजार ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी ४ हजार ३४१ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ३९३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ८०८ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।