एक महिनामा बरामद भएको चार सय ५ लिटर अवैध घरेलु मदिरा नष्ट

एक महिनामा बरामद भएको चार सय ५ लिटर अवैध घरेलु मदिरा नष्ट
सोमवार, भदौ १४, २०७८

बारा । इलाका प्रहरी कार्यालय निजगढले ४ सय ५ लिटर अवैध घरेलु मदिरा आज नष्ट गरेको छ ।

एक महिना यता विभिन्न समयमा बरामद गरेको उक्त मदिरा नष्ट गरिएको प्रहरीले जनाएको छ ।

बीरगञ्ज, जीतपुर, सिमरा, हेटौडा लगायतका शहरमा यात्रु बस, अटोमा लुकाई छिपाई लैजाने क्रममा प्रहरीले बरामद गरेको प्रहरी निरिक्षक शंकर चौधरीले जानकारी दिए ।

वरामद गरिएको मदिरा, जनप्रतिनिधी, निजगढ नगर उद्योग वाणिज्य संघका प्रतिनिधी, सञ्चारकर्मीहरुको रोहवरमा नष्ट गरिएको हो ।