जोडिनुहोस
  • होमपेज
  • विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ

विभिन्न स्थानबाट लागूऔषधसहित ५ जना पक्राउ

काठमाडौँ– देशका विभिन्न स्थानबाट लागूऔषधसहित पाँच जना पक्राउ परेका छन् । झापाको मेचिनगर नगरपालिका-६ स्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ५ सय मिलिग्रामसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा अर्जुनधारा नगरपालिका-११ सालवारी बस्ने ४० वर्षीय तुलसी गिरी र ३१ वर्षीय यामबहादुर अधिकारी रहेका छन् ।

ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेको को=१७ प ४२६४ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।

सुनसरीको धरान उपमहानगरपालिका-३ पालिका बजार डेरा गरी बस्ने धनकुटा घोर्लिखर्क गाउँपालिका-२ घर भएका ३२ वर्षीय रमेश श्रेष्ठलाई अवैध लागूऔषध ब्राउनसुगर करिब ५ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय धरानबाट खटिएको प्रहरीले उनको कोठाबाट उक्त लागूऔषध फेला पारी उनलाई पक्राउ गरेको हो ।

मकवानपुरको हेटौँडा उपमहानगरपालिका-१ चौकिटोलबाट नियन्त्रित लागूऔषध वनरेक्स २ सय ४० बोतल, डाईजेपाम ६ सय ५० एम्पुल, नुर्फिन ६ सय एम्पुल र फेनारगन ६ सय एम्पुलसहित दुई जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सिवान पन्चायत-५ बस्ने २६ वर्षीय अमित कुमार र २३ वर्षीय अनिलकुमार रहेका छन् । विशेष सूचनाको आधारमा बाग्मती प्रदेश प्रहरी कार्यालयबाट खटिएको प्रहरीले वीरगजंबाट काठमाडौँतर्फ जाँदै गरेको बिआर २९ जिबि ५४८६ नम्बरको गाडीलाई जाँच गर्ने क्रममा उक्त लागूऔषध फेला पारी गाडीका चालक अमित र गाडीमा सवार अनिललाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका