Thu May 19 2022
देश

खुल्न थाले काठमाडौंका विद्यालय, विद्यार्थीको उपस्थिति भने न्यून

काठमाडौं । काठमाडौंका विद्यालयहरु सञ्चालनमा आउन थालेका छन् ।

सरोकार पक्षको सर्वपक्षीय भेलाले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी विद्यालय खोल्ने निर्णय भएसँगै मंगलबारबाट नगरक्षेत्रका सामुदायिक एवं निजी विद्यालयहरु सञ्चालनमा आएका हुन् ।

विद्यालय खुलेपनि विद्यार्थीको उपस्थिति भने न्यून रहेको विद्यालयका शिक्षकहरु स्वयं बताउँछन् ।

विद्यालयमा उपस्थित भएका विद्यार्थीहरुमा पनि एक प्रकारको अन्यौलता देखा परेको शिक्षकहरु बताउँछन् ।

विद्यार्थीहरु आफ्ना साथीहरुसँग पनि त्यति नखुलेको शिक्षकहरुको भनाइ छ ।

सबै विद्यालयहरुले जनस्वास्थ्यको मापदण्डलाई ख्याल गर्दै सिफ्टवाइज रुपमा विद्यालय सञ्चालन गरेको छ ।