Fri May 20 2022
मुख्य खबर

नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघ्यो : स्वास्थ्य मन्त्रालय

काठमाडौं । नेपालमा कोरोना भाइरस विरुद्धको खोप लगाउनेको संख्या १ करोड नाघेको छ ।

बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा पत्रकार सम्मेलनमा प्रवक्ता डा.कृष्ण प्रसाद पौडेलले हालसम्म १ करोड ९२ हजार १ सय ६४ जनालाई कोरोना भाइरस विरुद्धको खोप लगासकेको जानकारी दिए ।

जसमध्ये ४६ लाख ६७ हजार ३ सय २८ जनाले दुवै डोज खोप लगाएका छन् भने ५४ लाख २४ हजार ८ सय ३६ जनाले पहिलो डोज लगाएका छन् ।

हाल नेपालको जनसंख्याको १५ दशमलव ४ प्रतिशत व्यक्तिले दुवै डोज खोप लगाएको प्रवक्ता डा.पौडेले जानकारी दिए ।

यस्तै वैदेशिक रोजगारीमा जाने ५८ हजार व्यक्तिलाई खोप लगाइ खोप कार्डको प्रमाणीकरण गरेको मन्त्रालयले जनाएको छ । सरकारले चैत्र महिना सम्म सबै नेपालीलाई खोपको दायरामा ल्याउने लक्ष्य लिएको छ ।