Mon May 16 2022
मुख्य खबर

थप २ हजार ४ जनामा कोरोना संक्रमण पुष्टि, १६ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १० हजार ६ सय ५८ पीसीआर परीक्षणमा १ हजार ६ सय १९ जना र ३ हजार ९ सय ९२ एन्टिजेन परीक्षणमा ३ सय ८५ जना गरी २ हजार ४ जनामा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा १ हजार ८४६ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोहि अवधिमा १६ जनाको मृत्यु भएको छ ।