काठमाडौं । नेपाली काँग्रेसको १४ औं महाधिवेशन रोक्न माग गर्दै सर्वोच्चमा रिट निवेदन दायर भएको छ ।
बिहीबार नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधि तथा बागमती प्रदेशसभा सदस्य नरोत्तम वैद्यले अधिवक्ता भुपेन्द्र प्रसाद पोखरेलमार्फत सर्वोच्च अदालतमा रिट दायर गरेका हुन् ।
कोरोना महामारीका कारण सरकारले निषेधाज्ञा जारी गरेकै अवस्थामा दशौँ हजारको उपस्थिति रहने भन्दै महाधिवेशन रोक्नका लागि उपयुक्त आदेश दिन माग गरिएको छ । जनस्वास्थ्यको मापदण्ड प्रतिकूल हुने भन्दै आदेश दिन माग गरिएको हो ।
रिट आज सर्वोच्चमा दर्ता भएको र आइतबार यसको पेशी तोकिएको पोखरेलले जानकारी दिएका छन् ।
नेपाली काँग्रेसले भदौ १८ देखि वडा तहको अधिवेशन गरेर १४ औं महाधिवेशन प्रक्रिया सुरु गर्ने यसअघि नै निर्णय गरिसकेको छ ।