Mon Jul 4 2022
देश

नेपाल र भारतबीचको खेल हेर्न दर्शनको घुइँचो

काठमाडौं । नेपाल र भारतबीचको बहुप्रतिक्षित मैत्रीपूर्ण खेल दशरथ रंगशाला सुरु भएको छ । नेपाली टोलीको गोलपोस्ट किरण चेम्जोङले सम्हाल्दैछन् ।

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रिपूर्ण खेल खेल्न लागेका हुन् ।

त्यसैगरी डिफेन्समा सुमन अर्याल, गौतम श्रेष्ठ, अनन्त तामाङ, दिनेश राजवंशी, मिडफिल्डमा तेज तामाङ, पुजल उप्राकोती, सुमन लामा छन् ।

प्रशिक्षक अब्दुल्लाह आल्मुताइरीले अग्रपंक्तिमा अन्जन विष्ट, नवयुग श्रेष्ठ र आयुष घलान छन् ।

कोरोना महामारीका बीच खेल हेर्न बाक्लो संख्यामा रंगशालामा दर्शकको घुइँचो देख्न सकिन्छ । एन्फाले बुधबार गरेको पत्रकार सम्मेलनमा ५१ सय जनाले टिकट काटेको बताएको थियो ।