Fri May 20 2022
खेलकुद

भारतविरुद्ध मैत्रिपूर्ण खेलमा पहिलो हाफ सकिँदासम्म १–० ले नेपाल अगाडि

काटमाडौं । भारतविरुद्ध मैत्रिपूर्ण खेलमा पहिलो हाफ सकिँदासम्म नेपाल १–० ले अगाडि छ ।

दशरथ रंगशालामा भएको खेलमा अन्जन विष्टले ३६ औँ मिनेटमा नेपाललाई अग्रता दिलाएका हुन् ।

साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको तयारीका लागि दुबै टिमले मैत्रीपूर्ण खेल खेलेका हुन् ।

कोरोना महामारीका बीच खेल हेर्न दर्शकहरुको बाक्लो उपस्थिति देखिएको छ।