Mon May 16 2022
देश

बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १०० नाग्यो, कति घाइते, कति बेपत्ता ? ( हेर्नुहोस् विवरणसहित)

अमृत ढकाल, काठमाडौं । पछिल्लो समय दाङमा बाढीले बगाउँदा चार जनाको मृत्यु भएको छ ।

त्यस्तै पोखराका विभिन्न स्थानमा पहिरोले पुरिएर ३ जनाको मृत्यु भएको छ । असार महिनादेखिको बाढी पहिरोमा १०१ जनाले ज्यान गुमाएका छन् ।

मनसुनपछि वर्षा र यसपछि आएको बाढी र पहिरोमा दुई महिनामा ४४ जना बेपत्ता भएका छन् भने ११३ जना घाइते भएको गृह मन्त्रालयले जनाएको छ ।

असार महिनादेखिको वर्षा र बाढीपहिरोले विहिार अपराह्नसम्म १०१ जनाको ज्यान गएको छ । बाढी पहिरोकै कारण ४४ जना बेपत्ता छन् भने ११३ जना घाईते भएका छन् ।

दुई महिनादेखि जारी वर्षा र यसपछि आएको बाढीपहिरोले सबैभन्दा बढी क्षति सिन्धुपाल्चोक जिल्लामा गरेको गृहमन्त्रालय अन्तर्गतको राष्ट्रिय आपतकालीन कार्य संचालन केन्द्रले जनाएको छ ।

केन्द्रका अनुसार सिन्धुपाल्चोकमा ५ जनाको मृत्यु भएको छ भने २० जना बेपत्ता छन । दाज्र्चुलामा ८ जनाको मृत्यु भएको छ। दाङ र पाल्पामा ६/६ जनाको मृत्यु भएको छ। तनहँु, पाल्पा र रसुवा पनि पहिरोले ५/५ जनाको मृत्यु भएको छ ।

डोटी , जुम्ला र गोरखामा पहिरोले ४÷४ जनाको ज्यान गएको छ । रोल्पा, पाँचथर,नवलपरासी र रौतहटमा ३/३ जनाले ज्यान गुमाएका छन् ।

यस्तै प्युठान, चितवन, म्याग्दी, कैलाली, धादिङ, र सप्तरीमा २/२ जनाको मृत्यु भएको छ ।

स्याङजा, बाजुरा, अर्घखाची, कास्की, काभ्रे, कालीकोट, मकवानपुर, सिन्धुली, खोटाङ, सर्लाही ,कपिलवस्तु र बझाङमा १÷१ जनाको मृत्यु भएको छ ।

भारी वर्षापछिको बाढीपहिरोले सिन्धुपाल्चोकमा ४५० घर पूर्ण रुपमा क्षतिग्रस्त भएका छन् । मनाङमा ५९ घर पूर्ण रुपले क्षति भएका छन् भने २० वटा घरमा आंशिक क्षति पुगेको छ । लम्जुङमा पनि ३५ घर पूर्ण रुपले क्षतिग्रस्त भएका छन् ।

कास्कीमा १५ र तनहुमा १० घर पूर्ण रुपले क्षतिग्रस्त भएका छन् । केन्द्रका अनुसार बाढी पहिरोले ६८ जिल्लाका ८१८ घर पूर्ण रुपले क्षति भएका छन् भने १५९ घरमा आंशिक रुपले क्षति भएका छन् ।

यो रिपोर्ट तयार पार्दासम्म बाढीपहिरोले देशभरका २०८ राजमार्गमा क्षति पु¥याएकोमा १५ वटा अझै पनि पूर्णरुपमा अवरुद्ध अवस्थामा छन् भने १२४ वटा सडक एकतर्फी सञ्चालनमा ल्याइएको छ ।

बाँकी ६९ वटा सडक भने पूर्णरुपमा सञ्चालनमा आएको सडक विभागले जनाएको छ ।