काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले पूर्णता पाउन नसकेकोमा सर्वत्र आलोचना भैरहेको छ ।
दलहरु आपसी छलफलमा ब्यस्त छन, तर मन्त्रिमण्डल विस्तारको कुनै लक्षण देखिंदैन ।
नवगठित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालले पनि भदौ २३ गते अघि मन्त्रीपरिषद विस्तार हुने सम्भावना नरहेको बताएका छन ।
नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष एवम् संसदीय दलका नेता माधवकुमार नेपालको भनाइ अनुसार सरकारले पूर्णता पाउने सम्भावना अझै टाढिएको छ । किनकी उनको भनाइ अनुसार भदौ २३ अघि मन्त्रिपरिषद विस्तारको कुनै सम्भावना छैन ।
अध्यक्ष नेपालले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग बिहीबार विहान भेट गरेका छन । तर पनि सरकार विस्तारबारे छलफल नभएको नेपालको भनाइ छ ।
सिंहदबारस्थित पार्टी संसदीय दलको कार्यालयमा पदभार ग्रहण गर्ने क्रममा नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा २२÷२३ गतेसम्म त मन्त्रीपरिषद विस्तारका बारेमा कसैले चुर्इंक्क पनि नबोल्ने बताए ।
सत्तारुढ दल भित्रको विवादका कारण मन्त्रीपरिषदले पूर्णता पाउन नसकेको चर्चा भईरहंदा अध्यक्ष नेपालले मन्त्रीपरिषद विस्तारका विषयमा उपयुक्त समयमा मात्रै सत्तारुढ दलहरुबीच छलफल हुने प्रतिक्रिया समेत दिए ।
त्यस क्रममा अध्यक्ष नेपालले केपी ओलीको भ्रममा नपर्न पनि पार्टीका प्रदेश सभाका सांसदसहितका जनप्रतिनिधिहरुलाई आह्वान गरे ।
केपी ओली र उनका मान्छेहरुले दश बूँदे सहमतीको भ्रमपूर्ण व्याख्या गरिरहेको उल्लेख गर्दै अध्यक्ष नेपालले त्यसको भ्रममा नपरी आफ्नो पार्टीमा आउन पनि एमालेका नेता, कार्यकर्तालाई आग्रह गरे ।
अध्यक्ष नेपालले आफ्नो पार्टीले माओवादी केन्द्रसँग एकता नगर्ने पनि दोहो¥याए । उनले क्रान्तिकारी विचारको आधारमा निर्माण भएको आफ्नो पार्टी माओवादी केन्द्रसँग विलिन हुने भ्रम नछर्न पनि सचेत गराए ।
अध्यक्ष नेपालले आफ्नो पार्टीविरुद्ध केपी ओलीले कुप्रचार गरिरहेको उल्लेख गर्दै त्यसलाई चिरेर अघि बढ्न सफल हुने दावी समेत गरे ।
यसैबीच, नेकपा (एकीकृत समाजवादी) पार्टीको राष्ट्रिय सभा संसदीय दलका नेता बेदुराम भुसालले पनि बिहीबारै सिंहदरबारस्थित दलको कार्यालयमा पुगेर पदभार ग्रहण गरेका छन ।