Sat May 21 2022
Uncategorized

पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

पाल्पा । पाल्पा अस्पतालमा अक्सिजन प्लान्ट स्थापना भएको छ ।

प्लान्टबाट प्रति मिनेट ४ सय २० लिटर अक्सिजन उत्पादन हुने र दैनिक ५० वटा सिलिण्डर अक्सिजन भर्न सकिने छ ।

संघिय सरकारले गत जेठ ४ गते अक्सिजन प्लान्ट स्थापनाका लागि एक करोड ५० लाख बजेट प्रदान गरेको थियो । फेयर ट्रेड प्रा.लि स‘ग अक्सिजन उत्पादन गर्ने मेशिनहरु खरिद गरिएको हो ।

अक्सिजन प्लान्ट स्थापना भएपछि अस्पताल र पालिका स्वास्थ्य संस्थालाई आवश्यक अक्सिजन आपुर्ति गर्न सकिने अस्पताल विकास समितिले जनाएको छ ।

अक्सिजन प्लान्ट स्थापनाले अस्पतालमा अक्सिजन अभावले बिरामीको ज्यान जाने जोखिम कम हुने अपेक्षा गरिएको छ ।