Fri May 27 2022
देश

पर्यटन बोर्ड र टानबीच पर्यटनसम्बन्धि सम्झौता

काठमाडौं । नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको छ ।

शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा नेपाल पर्यटन बोर्ड र ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) बीच जीविकोपार्जनका लागि दिगो पर्यटन पुनःउत्थान गर्ने सम्झौता भएको हो ।

कार्यक्रममा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीले नेपाल पर्यटन बोर्डको गल्ती भए सुझाव दिन तर अन्यथा नकारात्मक टिका टिप्पणी नगर्न आग्रह गरे ।

उनले राज्यले ध्यान दिन नसकेका बेला पर्यटन बोर्डले ७० हजार म्याण्डेजदेखि १ लाख म्याण्डेजको काम खोज्नु भनेको आफैंमा उदाहरणीय काम भएको बताए ।

उनले नेपाल एउटै भएकाले विदेशमा गएर प्रचारप्रसार गर्दा एकैप्रकारको प्रचार गर्न अनुरोध गरे । अध्यक्ष सुवेदीले यसका लागि बिस्तृत छलफल गरेर अघि बढ्नुपर्ने बताए ।

कार्यक्रममा ट्रेकिङ एजेन्सी एसोसिएशन अफ नेपाल (टान) का अध्यक्ष खुमबहादुर सुवेदीले पर्यटन विकासका लागि समूहगत रुपमा काम गरिरहेको बताए ।

उनले पर्यटन व्यवसायसँग जोडिएका सबै श्रमीकहरुको सहकार्य र सहयोगमै टानले आफ्नो काम अघि बढाइरहेको जानकारी दिए ।

पर्यटन बोर्डसँगको यो सम्झौताको काम टानले दत्तचित्त भएर पुरा गर्ने बताउँदै अध्यक्ष सुवेदीले सबैलाई जोडेर अन्तिममा गोल हान्ने काम टानको हातमा रहेको बताए ।

अध्यक्ष सुवेदीले टानले अब ढिला नगरीकन नेपाल पर्यटन बोर्डसँग सहकार्य गरेर पर्यटन विकास र प्रवद्र्धनको कामलाई अघि बढाउने बताए । टानले के गर्यो भन्ने प्रश्न आइरहेको बताउँदै अध्यक्ष सुवेदीले टान सम्बन्धित सबै निकायसँग सहकार्य गरेर अघि बढ्ने बताए ।