काठमाडौं । पशुपति क्षेत्र विकास कोषको सदस्यसचिवमा डा. मिलनकुमार थापा नियुक्त भएका छन्।
प्रधानमन्त्रीस्तरीय निर्णयबाट थापालाई सदस्यसचिव नियुक्त गरिएको कोषका प्रमुख प्रशासकीय अधिकृत रेवती रमणले जानकारी दिए। उनलाई ४ वर्षका लागि नियुक्त गरिएको छ। यसअघि उनी कोषमा कोषाध्यक्ष थिए।
यसअघि डा. प्रदीप ढकाल सचिव थिए। डा. ढकालको अवकाश भएपछि थापालाई नियुक्त गरिएको हो।