काठमाडौँ । प्रहरीले बहुमूल्य जडिबुटी यार्सागुम्बासहित सामाखुसीबाट प्रहरीले ४ जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा गोरखाकोको चुमनुब्री गाउँपालिकाका डुण्डुप गुरुङ, लमजुङको मर्स्याङ्दी गाउँपालिकाका बेलबहादुर थापा, लमजुङ बेंशी सहरका कृष्ण परियार र प्यूठान खलंगाका दानबहादुर जिसी रहेका छन् ।
नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले उनीहरुलाई बिहीबार सामाखुसीबाट पक्राउ गरेको हो। प्रहरीले उनीहरुको साथबाट १ किलो ७ सय ग्राम यार्सागुम्बा बरामद गरेको छ ।
प्रहरीले उनीहरु चारै जनालार्ए जिल्ला वन डिभिजन कार्यालय काठमाडौंलाई बुझाएको छ ।