जोडिनुहोस
  • होमपेज
  • ढाकाकुमारले बुझाए स्पष्टीकरण, अडियोमा भएको आवाज आफ्नो नभएको दाबी

ढाकाकुमारले बुझाए स्पष्टीकरण, अडियोमा भएको आवाज आफ्नो नभएको दाबी

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा. ढाकाकुमार श्रेष्ठले मन्त्री बन्नका लागि पैसाको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएको विषयमा पार्टीसमक्ष आफ्नो स्पष्टीकरण बुझाएका छन् ।

मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग बार्गेनिकङ गरेको अडियो सार्वजनिक भएपछि पार्टीले उनलाई आइतबार २४ घण्टाभित्र स्पष्टीकरण बुझाउन निर्देशन दिएको थियो ।

साढे ३ बजेभित्र स्पष्टीकरण बुझाउनुपर्नेमा डा श्रेष्ठले ढिला गरी पार्टीको अनुशासन समितिसमक्ष बुझाएका थिए । समितिका संयोजक भरतमणि देवकोटाका अनुसार साँझ पार्टीको ताकेतापछि करिब ७ बजे श्रेष्ठले आफ्नो स्पष्टीकरण बुझाएका हुन् ।

स्पष्टीकरणमा श्रेष्ठले अडियोमा सुनिएको आवाज आफ्नो नभएको र इडिट गरिएको दाबी गरेका छन् । त्यस्तै, उनले यस विषयमा पार्टीले गर्ने जुनसुकै निर्णय आफूलाई स्वीकार्य हुने बताएका छन् ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका