Mon May 16 2022
मुख्य खबर

अर्घाखाँचीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, १० जना घाइते

अर्घाखाँची – काठमाडौँबाट अर्घाखाँचीका लागि छुटेको जीप शनिबार बिहान दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।

अन्य १० जना घाइते भएका छन् । त्यसमध्ये ४ जनाको अवस्था गम्भीर रहेको छ प्रहरीले जनाएको छ ।

बा ३ ख ८६३९ नम्वरको जीप अर्घाखाँचीको सीतगंगा नगरपालिका वाड नम्वर(३ बरबोटमा दुर्घटना भएको हो । दुर्घटनामा करिव २९ वर्षीय एक पुरूषको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।

१० जना घाइते भएका छन् । घाइते मध्ये चार जना गम्भीर रहेको प्रहरी नायव उपरीक्षक अम्मर थापाले जानकारी दिए ।