डिसेम्बरमा विवाह गर्दै कटरीना र विक्की

डिसेम्बरमा विवाह गर्दै कटरीना र विक्की
शनिबार, भदौ १९, २०७८

मुम्बई (बलिउड लाइफ)– बलिउड अभिनेता विक्की कौशल र अभिनेत्री कटरीना कैफको विवाह हुने चर्चा अझै रोकिएको छैन । केही दिन अघिमात्र उनीहरुले इन्गेजमेन्ट गरेको खबर सार्वजनिक भएको थियो । त्यो खबरलाई विक्कीका पिता श्यामले असत्य भनिदिए ।

अब भने यो जोडीले यसै वर्षको डिसेम्बर महिनामा विवाह गर्ने नयाँ खबर सार्वजनिक भएको छ । उनीहरुले डिसेम्बरमा राजस्थानको उदयपुरमा विवाह गर्ने योजना बनाएका छन् । जसका लागि तयारी पनि सुरु गरेका छन् । यो विवाहमा दुवैका परिवारको उपस्थिति हुनेछ । तर उनीहरुको विवाहमा बलिउडका कुन–कुन सेलिब्रेटीलाई निम्तो दिइएको छ भन्ने केही कुरा खुलाइएको छैन ।

कामको कुरा गर्दा कटरीना फिल्म ‘टाइगर ३’मा व्यस्त छिन् । सलमान खान स्टारर फिल्ममा इमरान हासमी भिलेन चरित्रमा देखिँदैछन् । रसियामा यो फिल्मको सुटिङ भइरहेको छ ।