Thu May 19 2022
खेलकुद

नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन रिपिचेजको फाइनलमा पराजित

काठमाडौं । टोकियो पारालिम्पिकमा नेपाली पारा तेक्वान्दो खेलाडी पलेशा गोवर्धन ऐतिहासिक पदक जित्नबाट बन्चित भएकी छिन ।

तेक्वान्दोको के ४४ क्याटगोरीको महिला ५८ केजीमुनि तौलसमूहको रिपिचेजको फाइनलमा पराजित भएपछि पलेशा पदक जित्नबाट बन्चित भएकी हुन ।

शुक्रबार सम्पन्न रिपिचेजको फाइनलमा पलेशा चीनकी युजी लीसँग १२–९ ले पराजित भएकी थिइन ।

चिनियाँ खेलाडीलाई हराएको भए पलेशाले ऐतिहासिक पदक प्राप्त गर्ने थिइन । नेपालले हालसम्म पारालिम्पिकमा पदक जित्न सकेको छैन ।

पलेशा पहिलो खेलमा बेलायतकी बेथ मुनरोसँग २१–८ अंकले ले पराजित भएकी थिइन ।

तर, पलेशाले रिपिचेजको माध्यमबाट कास्य पदकका लागि भने मौका पाएकी थिइन । रिपिचेजको क्वाटरफाइनलमा पलेशाले अमेरिकी खेलाडी ब्रियान्ना सालिनारालाई १०–शुन्य ले हराएकी थिइन ।

त्यसपछि पलेशाले सेमिफाइनलमा सर्बियन खेलाडी मारिया मिसेभलाई २३–१५ ले हराउँदै फाइनलको यात्रा तय गरेकी थिइन ।

पलेशा वाईल्ड कार्ड प्राप्त गर्दै पारालिम्पिकमा सहभागिता जनाएकी हुन । पारालिम्पिकमा सहभागिता जनाउन नेपालबाट १ खेलाडीसहित ६ सदस्यीय टोली टोकियोमा छन ।