जोडिनुहोस
  • होमपेज
  • काभा महिला च्यालेन्ज कप : नेपाल समूह ‘ए’ मा

अन्तर्राष्ट्रिय

काभा महिला च्यालेन्ज कप : नेपाल समूह ‘ए’ मा

  • Sagarmatha TV
  • बुधबार, चैत्र २९, २०७९
काभा महिला च्यालेन्ज कप : नेपाल समूह ‘ए’ मा

काठमाडौं । नेपालमा आयोजना हुने सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) महिला भलिबल च्यालेन्ज कपमा नेपाल समूह ‘ए’ मा परेको छ ।

नेपाल भलिबल संघले मंगलबार प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको जनाएको छ । नेपालको समूहमा भारत, बंगलादेश र किर्गिस्तान रहेको छ ।

समूह ‘बी’ मा उज्वेकिस्तान, काजकिस्तान, श्रीलंका र माल्दिभ्स रहेको छ । प्रतियोगिता आगामी जेठ ६ देखि १५ गतेसम्म हुँदैछ ।

त्रिपुरेश्वरस्थिति राखेपको कर्भड हलमा आयोजना हुने प्रतियोगितामा दक्षिण एसिया तथा सेन्ट्रल एसियाका ८ राष्ट्रको सहभागीता रहने छ ।

प्रतियोगिताका लागि नेपालले महिला टिमको प्रशिक्षण सुरु गरिसकेको छ । मुख्य प्रशिक्षक जान जोसे डी ब्रान्टको नेतृत्वमा नेपालले तयारी गरिरहेको छ ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका