झापा । झापामा एक अटो चालकको हत्या भएको छ ।
कचनकवल गाउँपालिका–३ का ५० वर्षीय अटो चालक भात्रु राजवंशीको झापाको विर्तामोड नगरपालिका–४ मा हत्या भएको प्रहरीले जनाएको छ ।
मृतकको टाउको, अनुहारलगायत शरीरको विभिन्न ठाउँमा चोटपटक देखिएकाले उनको हत्या नै भएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिएका छन् ।
मृतकका छोरा १५ वर्षीय देवनारायण राजवंशीले कान्छा काकाले कोठामै बुबालाई मारेर भागेको प्रहरीलाई बताएका छन् ।