Thu May 19 2022
मुख्य खबर

काठमाडौँ उपत्यकामा थप ४५३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप ४५३ जना कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौँमा ८८, भक्तपुरमा ६७ र ललितपुरमा ९८ गरी ४५३ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै काठमाडौँ उपत्यकामा ७ हजार पाँच सय ८९ जना सक्रिय संक्रमित छन् । जसमध्ये काठमाडौँ जिल्लामा ४ हजार १९८, ललितपुरमा २ हजार ७५ र भक्तपुरमा १ हजार ३१६ सक्रिय संक्रमित छन्।