काठमाडौँ– पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँण नेपालभारतबीचको मैत्रीपूर्ण फुटबल खेल हेर्न दशरथ रंगशाला पुगेका छन् ।
खेल शुरू हुनुअघि नै उनीहरु रंगशाला पुगेका हुन् । नेपाल र भारतबीचको दोस्रो मैत्रीपूर्ण खेल जारी छ । खेल अपराह्न ५ः३० बजेबाट शुरु भएको हो ।
माल्दिभ्समा आयोजना हुने साफ च्याम्पियनसिपको तयारीका लागि नेपालले भारतसँग मैत्रीपूर्ण खेल खेलिरहेको हो । साफ च्याम्पियनसिप आगामी अक्टोबर १ देखि १६ ९असोज १५ देखि ३०० गतेसम्म आयोजना हुनेछ।
यसअघि गत विहीबार भएको पहिलो मैत्रीपूर्ण खेल १–१ गोलको बराबरीमा सकिएको थियो ।