निर्देशक सुदर्शन थापाले गरे समाचार वाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट

निर्देशक सुदर्शन थापाले गरे समाचार वाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट
सोमवार, भदौ २१, २०७८

काठमाडौं । नेपाली चलचित्रका निर्देशक सुदर्शन थापाले आज इन्गेजमेन्ट गरेका छन् । थापाले आफ्नो जन्मदिनको अवशरमा मोडल तथा समाचार वाचिका सुप्रिया कटुवालसँग इन्गेजमेन्ट गरेका हुन् ।

नेपाली चलचित्र क्षेत्रमा निर्देशक सुदर्शन थापा लभ स्टोरी चलचित्र निर्देशनमा माहिर मानिन्छन् । ‘मेरो एउटा साथी छ’देखि सुरु भएको सुदर्शनको चलचित्र निर्देशन यात्रा ‘म यस्तो गीत गाउँछु २’ सम्म आइपुग्दा झनै उचाइमा पुगेको छ ।

चलचित्र ‘मेरो लभ स्टोरी, मधुमास, प्रेमगीत, म यस्तो गीत गाउँछु, रामकहानी, म यस्तो गीत गाउँछु २’ लगायतका लभ स्टोरी चलचित्र निर्देशन गरेका सुदर्शनले आज परेको आफ्नोे जन्मदिनको अवसरमा जीवनको नयाँ यात्रा सुरु गरेका छन् ।

सुदर्शन र सुप्रिया विगत ६ महिनादेखि प्रेम सम्बन्धमा थिए । सुदर्शन र सुप्रियाले काठमाडौंको एक होटलमा नजिकका आफन्तको उपस्थितीमा इन्गेजमेन्ट गरेका हुन् । सुदर्शन र सुप्रियाको बिहे असोजको २२ गते हुनेछ ।