काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ। बैठक मंगलबार दिउँसो २ बजेका लागि बोलाइएको हो।
बुधबारको संसद बैठकलाई लक्षित गर्दै सो बैठक बोलाइएको हो।
संसद भवनको ल्होत्से हलमा बैठक बस्ने भएको छ। संसद बैठक सुरु हुनुअघि संसदीय दलमा छलफल गर्नेगरी बैठक बोलाएको बताइएको छ ।