जोडिनुहोस
  • होमपेज
  • प्रतिबन्धित लागु औषधसहित एक जना प्रहरीको नियन्त्रणमा

प्रतिबन्धित लागु औषधसहित एक  जना प्रहरीको  नियन्त्रणमा

झापा । झापाको चारआली प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले ९ ग्राम प्रतिबन्धित लागुऔसधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।हिजो साँझ पाँच बजे विभिन्न सवारी साधनहरू चेकजाँच गर्ने क्रममा २० वषकी अनुजा राजवंशीको साथबाट प्रतिबन्धित लागु औषध ब्राउन सुगर ९ ग्राम फेला परेकोले उनलाई नियन्त्रणमा लिइएको प्रहरीले जानकारी दिएको छ ।

राजवंशीलाई इलाका प्रहरी कार्यालय धुलाबारीमा राखी थप अनुसन्धान सुरु गरिएको प्रहरीको भनाइ छ । राजवंशीकी आमा ५ महिना अघि लागु औषध सम्बन्धी मुद्दामा झापा कारागारमा सजाय भुक्तान गरिरहेकी छिन् ।

आमा भारती राजवंशीलाई भेट्न आउने क्रममा प्रहरीलाई शङ्का लागि निज अनुजा राजवंशीलाई निगरानीमा राखेको अवस्थामा लागु औषध सहित फेला पारेको सूचना अधिकारी खगेन्द्र प्रसाद रिजालले जानकारी दिए ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

प्रचलन खबर

धेरै टिप्पणी गरिएका