काठमाडौं- तालिबानले आफ्नो नियन्त्रणमा नआएको पंजशीर प्रान्तमाथि नियन्त्रण कामय गरेको छ। अफगानिस्तानका अधिकांश भूभागमा कब्जा जमाएपनि तालिबानले पंजशीरमा नियन्त्रण कायम गर्न सकेको थिएन।
तालिबानले सोमबार आफ्ना लाडाकूले पंजशीरमा झण्डा फहराएको एक भिडियो अनलाइन पोस्ट गरेको बीबीसीले जनाएको छ।
तर, विरोधी संगठन नेशनल रेसिस्टेंस फ्रन्ट (एनआरएफ) ले अहिलेपनि आफूहरु ‘सबै रणनीतिक क्षेत्रमा’ उपस्थित रहेको र ‘लडाई जारी राखेको’जनाएको छ। एनआरएफका नेताले तालिबानविरुद्धको ‘राष्ट्रीय विद्रोह’ का लागि आह्वान गरेका छन्।
एनआरएफका प्रमुख नेता अहमद मसूदले सामाजिक सञ्जाल मार्फत अन्तरराष्ट्रीय समुदायमाथि तालिबानलाई वैधता दिने र उनीहरुलाई सैन्य, राजनीतिक समर्थन दिने दोषी भएको आरोप लगाएका छन्।