जोडिनुहोस
  • होमपेज
  • वरिष्ठ उपाध्यक्षको दोस्रो चरणमा अञ्चन र उमेशलालबीच प्रतिस्पर्धा, रामचन्द्र बाहिरिए

वरिष्ठ उपाध्यक्षको दोस्रो चरणमा अञ्चन र उमेशलालबीच प्रतिस्पर्धा, रामचन्द्र बाहिरिए

काठमाडौं : नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा  दोस्रो चरणमा निर्वाचन हुने भएको छ।

पहिलो चरणमा कसैले ५० प्रतिशत मत कटाउन नसकेपछि दोस्रो चरणको मतदान हुने  भएको हो। वरिष्ठ उपाध्यक्षमा उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र संघई चुनावी प्रतिस्पर्धामा थिए।  प्रतिस्पर्धाबाट स‌ंघइ बाहिरिएका छन्।

धेरै ३७  प्रतिशत मत अन्जन श्रेष्ठले पाएका छन् भने ३१ प्रतिशत श्रेष्ठ र ३० प्रतिशत संघइले पाए। र अञ्जन श्रेष्ठ अमेशलाल श्रेष्ठबीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ। तेस्रो प्रतिस्पर्धीका रुपमा रहेका संघइ भने दोस्रो चरणको निर्वाचनबाट बाहिरिएका छन्।

महासंघमा वरिष्ठ उपाध्यक्षमा निर्वाचित हुन ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्छ। कुनै एक उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत पुर्‍याएनन् भने पहिलो र दोस्रो हुनेबीच पुनः प्रतिस्पर्धा हुने व्यवस्था छ। जसअनुसार दोस्रो चरणको मतदान आजै हुने प्रमुख निर्वाचन अधिकृत लिलामणि पौडेलले जानकारी दिए।

एसोसिएटतर्फको उपाध्यक्ष पदमा ज्योत्सना श्रेष्ठ विजयी भएकी छन्। आज (बिहीबार) बिहान सम्पन्न मतगणनाअनुसार ८४६ मत प्राप्त गर्दै श्रेष्ठ विजयी भएकी हुन्। उनका निकतटम् प्रतिस्पर्धी भरतराज आचार्यले ७८१ मत ल्याए।

श्रेष्ठ वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार रामचन्द्र संघई प्यानलबाट उम्मेदवार बनेकी थिइन् भने आचार्य उमेशलाल श्रेष्ठ र अञ्जन श्रेष्ठको प्यानलबाट संयुक्त उम्मेदवार बनेका थिए।

यस्तै एसोसिएटतर्फका निर्वाचित १९ सदस्यको पनि मतपरिणाम आइसकेको छ। एसोसिएट सदस्यमा सबै प्यानलको सहभागिता देखिएको छ। एसोसिएट सदस्यमा निर्वाचित रामशरण थपलियाले सबैभन्दा धेरै १ हजार ४४० मत ल्याएका छन्।

महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित भएका छन् । वैद्य रामचन्द्र संघई समूहकै हुन्।

वस्तुगत समूहको उपाध्यक्षमा हेमराज ढकालले विजयी भएका छन्। उनी उमेशलाल श्रेष्ठको प्यानलबाट चुनाव लडेका थिए।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका