Thu May 26 2022
मुख्य खबर

सिन्धुली र सिरहामा लडेर २ जनाको मृत्यु

काठमाडौँ– सिन्धुली र सिरहामा लडेर २ जनाको मृत्यु भएको छ ।

सिन्धुली, कमलामाई नगरपालिका–४ पोख्रेलगाँउ बस्ने ६० वर्षीया रत्नमाँया मगरको लडेर सोमबार दिउँसो मृत्यु भएको छ । घरबाट करिब १ किलोमिटर टाढा खादिखोला सामुदायिक वनमा बाख्रा चराउन गएको अवस्थामा ढुंगामा चिप्लिएर लड्दा गम्भीर घाइते भएकी उनको जिल्ला अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै सिरहा, लहान नगरपालिका–१७ बलानशेर बस्ने ६० वर्षीय खुशिया सदायको लडेर सोमबार दिउँसो मृत्यु भएको छ । धनगढिमाई नगरपालिका–१० बाबुराम पुलस्थित सडकमा पैदल हिँडदै गरेकी उनी अचानक सडक छेउमा लड्दा घटनास्थलमै मृत्यु भएको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।