जोडिनुहोस
  • होमपेज
  • कब्बडी ४ सर्वाधिक कमाउने नेपाली फिल्म, ५२० रुपैँया मात्र कमाउने फिल्म कुन हो ? (सूचीसहित)

कब्बडी ४ सर्वाधिक कमाउने नेपाली फिल्म, ५२० रुपैँया मात्र कमाउने फिल्म कुन हो ? (सूचीसहित)

पुष्कर खतिवडा
काठमाडौं  – कब्बडी ४ बर्ष २०७९ सालमा सर्वाधिक कमाई गर्ने नेपाली फिल्म बनेको छ । चलचित्र विकास बोर्डले वर्ष २०७९ मा प्रदर्शनमा आएका नेपाली र विदेशी फिल्महरुको आधिकारिक कमाइ सार्वजनिक गरेको छ । जस अनुसार २१ करोड ३८ लाख रुपैयाँ ग्रस कमाउँदै ‘कबड्डी ४’ धेरै कमाउने नेपाली फिल्म बनेको छ ।

यस्तै कन्नड फिल्म ‘केजीएफ २’ नेपालमा सर्वाधिक कमाई गर्ने दोस्रो फिल्म बनेको छ । केजीएफले नेपालबाट १९ करोड २९ लाख रुपैयाँ ग्रस कमाएको छ । यस्तै अहिले पनि प्रर्दशनरत ‘छक्कापञ्जा ४’ नेपालमा सर्वाधिक कमाई गर्ने तेस्रो फिल्म बनेको छ । छक्कापञ्जा ४ ले १६ करोड ९४ लाख रुपैयाँ कमाइ गरेको बोर्डले जनाएको छ ।

यस्तै १३ करोड कमाउने हिन्दी फिल्म पठान चौथो, ८ करोड कमाउने अंग्रेजी फिल्म अवतार २ पाँचौ, ७ करोड ७० लाख कमाउने प्रेमगित ३ छैठौ, ७ करोड ३८ लाख कमाउने महापुरुष सातौं, ४ करोड कमाउने हिन्दी फिल्म ब्रम्हास्त्र आठौं, ३ करोड ८४ लाख कमाउने दुई नम्बरी नवौं र साढे ३ करोड कमाउने फुलबारी दशौं नेपालमा सर्वाधिक कमाई गर्ने फिल्महरु बनेका छन् ।

कब्बडी ४ सर्वाधिक कमाउने फिल्म बन्दा शिवानीले केवल ५ सय २० रुपैँया मात्र कमाइ गरेको छ । २०७९ मा नेपालमा नेपालीसहित १३२ वटा फिल्म रिलिज भएका छन् । सर्वाधिक कमाई गर्ने १० फिल्मको सूचीमा केजीएफ २, पठान, अवतार, ब्रम्हास्त्र विदेशी फिल्म हुन् । नेपालमा रिलिज भएका बाँकि कुन नेपाली फिल्मले कति कमाए त ?

झिंगे दाउ – ३ करोड ४१ लाख
ए मेरो हजुर ४ – ३ करोड ३८ लाख
के घर के डेरा – २ करोड ६५ लाख
प्रेम गित ३ हिन्दी – २ करोड २७ लाख
प्रकाश – १ करोड ७५ लाख
चिसो मान्छे – ९६ लाख १७ हजार
बाबरी – ९१ लाख
विक्रम – ८२ लाख २० हजार
सम्हालिन्छ कहिले मन – ७५ लाख २४ हजार
ह्यारी कि प्यारी – ७४ लाख १६ हजार
ऐना झ्यालको पुतली – ६३ लाख १६ हजार
डिसेम्बर फल्स – ३५ लाख ९० हजार
छड्के २ – २७ लाख ६६ हजार
चि मुसी चि – २७ लाख १२ हजार
लक्का जवान – २६ लाख १५ हजार
पानी फोटो – २४ लाख ८२ हजार
लाखे – २४ लाख ३७ हजार
सम्झना बिर्सना – २१ लाख ३४ हजार
हिजो आजका कुरा – २० लाख ३७ हजार
माइकल अधिकारी – १२ लाख ५५ हजार
प्रेमगञ्ज – १० लाख ७१ हजार
मन्त्र – १० लाख ३८ हजार
तिम्रो मेरो साथ – १० लाख १२ हजार
नालापानि – ९ लाख ७८ हजार
कृष्ण लिला – ८ लाख ४५ हजार
राधा – ६ लाख ५० हजार
बहाव – ६ लाख ३२ हजार
मनसंग मन ४ लाख ९६ हजार
दोख – ४ लाख ८० हजार
मिलन ३ लाख १७ हजार
षड्कोण – २ लाख १७ हजार
पासो – १ लाख १८ हजार
प्रेमा – १ लाख १० हजार
आधिँ तुफान २ – २८ हजार
चोर र पुलिस – १८ हजार
शिवानी – ५ सय २० रुपैँया
नेपालमा पछिल्लो समय हलिउड र बलिउड फिल्मका अलावा भोजपुरी र दक्षिण भारतीय चलचित्र पनि लाग्ने क्रम बढेको छ । २०७९ मा प्रर्दशनमा आएका १३२ फिल्म मध्ये केवल ४८ फिल्म नेपाली थियो भने बाँकि ८४ फिल्म विदेशी थियो ।

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका