Mon Jul 4 2022
मुख्य खबर

आजको मौसम : यी प्रदेशमा छ भारी वर्षाको सम्भावना 

काठमाडौं– मनसुनी वायुको प्रभावका कारण केही दिनदेखि देशका अधिकांश स्थानमा निरन्तर वर्षा भइरहेको छ। आज पनि केही प्रदेशमा भारी वर्षा हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

आज बिहान देशभर सामान्यदेखि पूर्ण बदली रहने मौसम पूर्वानुमान महाशाखाको भनाइ छ। प्रदेश १, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा हल्का वर्षा भइरहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशभर सामान्य बदली रही अधिकांश स्थानमा वर्षाको सम्भावना रहेको छ। गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको छ।

काठमाडौं उपत्यकामा आज दिउँसो मध्यम वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ। यस्तै आज राति देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको समेत महाशाखाको भनाइ छ।

भारी वर्षाको सम्भावनासँगै पहाडी भू–भागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको महाशाखाको भनाइ छ। नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउनसमेत महाशाखाले आग्रह गरेको छ।

आगामी तीन दिनको मौसमको पूर्वानुमान 
२०७८ भाद्र २३ गते (बुधबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा मेघ गर्जन र चट्याङ सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदुर पश्चिम प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघ गर्जन र चट्याङ हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । बाग्मती प्रदेशका एक-दुई स्थानहरुमा भारी वर्षाको संभावना रहेको छ।

२०७८ भाद्र २४ गते (बिहिबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

२०७८ भाद्र २५ गते (शुक्रबार)

दिउँसो: देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

राती: देशभर सामान्य बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।