Mon May 23 2022
मुख्य खबर

उदरपुरको कटारी स्थित वर्मी जंगलमा १३ लाख लुटपाट गर्ने पक्राउ

उदयपुरको कटारी नगरपालिका–८ स्थित वर्मी जंगलमा १३ लाख ७७ हजार ८९५ लुटपाट भएको छ । ओखलढुंगामा खाद्यान्न पुर्याएर फर्कंदै गरेका प्रदेश–२–०१–००१च ०३६९ नम्बरको बोलेरोका चालक मंगलबार साँझ लुटिएका हुन् ।

उदयपुरको कटारी–४ बस्ने २५ वर्षीय बोलेरो चालक प्रकाश श्रेष्ठलाई लुट्ने रमेशकुमार श्रेष्ठलाई पक्राउ गरिएको उदयपुरका एसपी सुवासचन्द्र बोहराले रातोपाटीलाई बताए । लुटपाटमा संलग्न ५४ वर्षीय रमेश ओखलढुंगा चिसम्खु गापा–३ का स्थानिय हुन् ।

ओखलढुंगामा खाद्यान्न छाडेर कटारी फर्कन लागेका प्रकाशलाई रमेशले ‘म पनि व्यापारका लागि कटारीसम्म सँगै जान्छु’ भनेर प्रस्ताव गरेका थिए । त्यसपछि उनीहरु बोलेरोमा सँगै आए । वर्मी जंगलमा पुगेपछि प्रकाशले शौच गर्नका लागि बोलेरो रोके ।

पिसाव गरिरहेको बेला रमेशले एक्कासि ढुंगाले गर्धनमा हिर्काएर प्रकाशलाई बेहोस बनाई झोलामा रहेको नगद र मोवाइल लुटेर भागेको एसपी बोहराले बताए ।

साँझ ५ बजे लुटपाट भएको थियो । नगद कटारी नगरपालिका–४ घर भएका जमानसिंह बस्नेतको भएको बताइएको छ । घटना भएको करिब दुई घण्टापछि इलाका प्रहरी कार्यालय कटारी र प्रहरी चौकी बेतलीबाट खटिएको टोलीले कटारी–४ स्थित गवुवा जंगलबाट आरोपीलाई पक्राउ गरेको हो ।