Thu May 19 2022
मुख्य खबर

मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा बागमतीकी मुख्यमन्त्री शाक्य

काठमाडौं । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य पद धराप राखेर आज (बुधबार) मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेकी छन् ।

माधवकुमार नेपालको साथ छाडेर एमालेमै फर्किएर मुख्यमन्त्री बनेकी शाक्यले पदभार सम्हालेको २१ दिनपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारीमा जुटेकी हुन् ।

मुख्यमन्त्री शाक्यले आज ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गर्ने तयारी गरिरहेको बताइएको छ । को को मन्त्री बन्दैछन् भन्ने विषयमा छलफल भइरहेको बतायएको छ । आज दिउँसोभित्र मन्त्रीहरु नियुक्त गरी शपथ गराउने तयारीमा मुख्यमन्त्री शाक्य लागिपरिरहेको बताइएको छ ।

तत्कालीन एमालेका वरिष्ठ नेता नेपालले पार्टीमा विवाद उत्पन्न भएपछि एमाले छाडेर नेकपा (एकीकृत समाजवादी) दलको मान्यता पाइसकेका छन् । नेपालनिकटकी मुख्यमन्त्री शाक्य भने दल नयाँ दर्ता गर्दा एमालेतिर फर्केकी थिइन् । र, तत्कालीन बागमी प्रदेशका मुख्यमन्त्री डोरमणी पौडेललाई हटाएर शाक्यलाई मुख्यमन्त्रीमा नियुक्त गरिएको थियो ।

मन्त्रिपरिषद् विस्तारसँगै मुख्यमन्त्री शाक्ले विश्वासको मत लिन लागेको पनि बताइएको छ । तर, उनलाई विश्वासको मत पाउन कठीन छ । किनकि बागमती प्रदेशका नेपालनिकट १२ सांसद नेकपा एमाले छाडेर नेकपा (एस) मा छन् । यसकारण मुख्यमन्त्री शाक्यको पद धरापमा छ ।