काठमाडौं । नेकपा एमालेले संसद अवरुद्ध गरेको छ ।
एमालेले कारबाही गरेका माधवकुमार नेपालसहितका १४ सांसदलाई कारबाही गरेको सूचना सभामुखले प्रकाशन नगरेको भन्दै एमालेले आजको बैठक अवरुद्ध गरेको हो ।
आजबाट शुरु भएको संसद अधिवेशनको पहिलो दिनकै बैठकमा एमालेले बैठक अवरुद्ध गरेपछि सभामुख अग्नि सापकोटाले १५ मिनटका लागि बैठक स्थगित गरेका छन् ।
एमाले सांसदहरुले रोष्ट्रम घेरेर अवरुद्ध गरेपछि सभामुख सापकोटाले बैठक १५ मिनेटका लाथि स्थगित गरेका हुन् ।