Fri May 20 2022
मुख्य खबर

नेपालमा थप १ हजार ३४७ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३४७० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार ७६७ जनाको पीसीआर परीक्षणमा १ हजार ३४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी ३ हजार ६८८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा २९३ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप १० जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट २ हजार १६१ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ । त्यस्तै निको हुने दर ९४। ८ प्रतिशत रहेको छ ।