जिबन रानाभाट, काठमाडौं । हिन्दु महिलाले मनाउने विशेष चार्ड हो तीज । चेलीमाइती भेट भएर मीठो मसिनो खाने तथा दुःख पीर साटासाट गरेर खुसी खोज्ने यस चार्डको महत्व हो ।
सँगै गीत संगीतमा झुमेर सांस्कृतिक सम्पदा संरक्षण गर्ने पर्वका रुपमा पनि तीजलाई लिइन्छ । पछिल्लो समय फरक जीवनशैली र रहनसहनले तीजको महत्व पनि फेरिएको छ ।
तीजकै नाउँका भड्काउ शैलीका गीत संगीतले विभिनन टिक्का टिप्पणी पनि हुन थालेका छन् ।
सुमधुर स्वरकी धनि शर्मिला गुरुङको आवाजमा सजिएको यो गीत सुनौ सुनौ लाग्छ । यस्तै नयाँ नयाँ गीत सिर्जना हुने गर्छन् तीजको पूर्वसन्धयामा । हिन्दु धर्माबलम्बीको महत्वपूर्ण सांस्कृतिक परम्परागत चाड हो तीज ।
यस वर्षपनि कोरोनाको महामारीको कारणले तीजको बेला आफन्तसँग भेटघाट भिडभाडले समस्या बढ्ने अनुमान समेत गरिएकाले स्वास्थ्यको मापदण्डको पालना गरि मनाउन सरकारले आग्रह गरेको छ । सजिसजाउ र सोह्र सिङ्गार विशेष पर्वका रूपमा तीजलाई लिने गरिन्छ ।
पहाडी भेगका हिन्दु नारीहरुले मनाउने विशेष सांस्कृतिक महत्व बोकेको महान चाड हो तीज । तीजले नेपाली संस्कार र सांस्कृतिक परम्परामा विशेष स्थान ओगटेको छ ।
फेरिएको जीवन शैलीसँगै चाडबाड मनाउने प्रचलनमा पनि व्यापक फेरबदल आएको छ । तीजको दर खाने दिनको स्वरुपमा पनि परिवर्तन आएको छ । गीत संगीतमा पनि परिवर्तन आएको छ।
तीजकै नाउँमा भड्काउ गीत थुप्रै बनेका छन्। कुनैकुनै तीज गीत परिवारसँगै बसेर हेर्न र सुन्नसमेत नसकिने खालका छन् ।
उत्ताउलो पहिरन, पश्चिमी शैलीको नृत्य, म्युजिक भिडियोमा गरिने अभिनय पनि त्यति नै अराजक हुँदा तीज गीत नै हो भन्न सकिने अवस्था छैन।
नारी स्वतन्त्रताको वास्तविक अर्थ बुझ्न नसक्नु पनि तीजको स्वरुप परिवर्तनको मुख्य कारण हो । देशको समग्र विकाससँगै यहाँका जनताको व्यक्तिगत जीवन पनि स्वाभाविक रूपले परिवर्तन हुँदै जान्छ । परिवर्तन जहिलेपनि समृद्धि तर्फ हुनुपर्छ र यो सकारात्मक पनि हुन्छ। तर नेपाली समाजमा भने यसको प्रभाव ठीक उल्टो छ ।
जीवन स्तर वृद्धि भनेको फेसन, देखावटी, मनोरञ्जनका रूपमा मात्रै बुझ्दै गरिरहेको देखिन्छ । यसले आफ्नो मौलिक संस्कार संस्कृतिमाथि नै धावा बोलेको छ ।
तीज बिशेष गीतहरुले नारी मनका दुख पीडा समबेदना हर्ष खुसी भन्दा फेसन देखावटी मनोरञ्जन साजसज्जा का सामग्रीहरूलाई प्रसय दिएको पाइन्छ । नेपाली सांगीतिक क्षेत्रका सर्जक गायकहरू बाटनै तीजगीतको अस्तित्व लोप हुनु दुःख लाग्दो पक्ष हो ।
तीजले दिदीबहिनीका समस्यालाई व्यवहारिक रुपमा बुझ्ने बुझाउने घर माइती मिलन गराउने, बर्खामासमा काम गरेर थाकेको शरीरलाई स्फूर्ति जगाउने आदि आदि थुप्रै मौलिक विशेषता भएको सनातन हिन्दूहरूको एक विशष चाड हो ।
त्यसैले यस चाडलाई विकृतिका रुपमा भन्दा पनि यसको गरिमा को रुपमा यसलाई स्वीकार गर्न सकियो भने बेलै मा यसको मौलिकता जोगिने छ ।