बंगलादेश विरुद्धको खेलमा नेपाली महिला फुटबल टिम २–१ विजयी

बंगलादेश विरुद्धको खेलमा नेपाली महिला फुटबल टिम २–१ विजयी
बिहिबार, भदौ २४, २०७८

काठमाडौं । बंगलादेश विरुद्धको खेलमा नेपाली महिला फुटबल टिम विजयी भएको छ ।

बंगलादेश विरुद्धको खेलमा नेपाली महिला फुटबल टिम २–१ ले विजयी भएको हो ।

दशरथ रंगशालामा भएको खेलको पहिलो हाफमै नेपालले २–० को अग्रता बनाएको थियो । दुबै खेलाडीले राष्ट्रिय टिमका लागि आफ्नो पहिलो खेलमै गोल गरेका हुन् ।

पहिलो हाफमा नेपालबाट सविता राना र प्रीति राईले एक–एक गोल गरे ।

सबिताले१४ औं मिनेटमै विमला चौधरीको क्रसलाई सदुपयोग गर्दै हेड गोल गरिन् । त्यसैगरी, २२ औं मिनेटमा प्रीतिले नेपालको अग्रता दोब्बर पारिन् ।

खेलको ८३ बंगलादेशबाट तोहुरा खातुनले एक गोल फर्काइन् ।

नेपालले एएफसी महिला एशियन कप ( २०२२ छनोटका लागि तयारी स्वरुप बंगलादेशसँग मैत्रिपूर्ण खेल खेलेको हो ।

आइतबार दुई टोलीबीच दोस्रो मैत्रिपूर्ण खेल हुनेछ ।