सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्य बढ्यो, तोलाको कतिमा हुँदैछ कारोबार ?
शुक्रबार, भदौ २५, २०७८

काठमाडौँ– साताको कारोबारको अन्तिम दिन आज नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ ।

आज सुन तोलामा १ सय रुपैयाँले बढेको हो । बढेको मूल्य अनुसार आज छापावाल सुन प्रतितोला ९० हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यता चाँदी प्रतितोला १ हजार २ सय १५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।