कलाकार जितु लेख्छन्–कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा

कलाकार जितु लेख्छन्–कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा
शुक्रबार, भदौ २५, २०७८

काठमाडौं– कलाकार जितु नेपाल दर्शक हसाउन जति माहिर छन्, सामाजिक सञ्जालमा समय–समयमा राजनीतिप्रति व्यंग्य गर्दै स्टाटस लेख्न उत्तिकै खप्पिस छन् ।

बागमती प्रदेशमा बुधबार सरकार विस्तार भयो । बुधबारबाटै सुरु भएको संघीय संसदको बैठक पनि सुरु भयो । बैठक सुरु हुनासाथ प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध गरे । जसकारण बैठक १५ मिनेटका लागि स्थगित भयो ।

कलाकार जितुले यी दुई विषयलाई प्रमुख रुपमा चित्रण गर्दै एक स्टाटस लेखे । उनको स्टाटस संसदको कोलाहल र सरकार विस्तार प्रति लक्षित थियो ।

‘बागमती र लुम्बिनीमा १२/१३ मन्त्रीका सपथ । संसदमा कोलाहल, संसद चलाउन नसकेर स्थगित । सडकमा नारा जुलुस आन्दोलन । केन्द्र सरकारमा भागबन्डा नमिलेर मन्त्रीमन्डल नियुक्तिमा ढिलाई । यस्तो पो गाईजात्रा । हामी जाबो कलाकारले गर्ने गाईजात्रा के गाईजात्रा’, उनले लेखेका छन् ।