Mon May 16 2022
देश

पछिल्लो २४ घण्टामा १,१४६ जनामा कोरोना पुष्टि, २१ जनाको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर १,१४६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । भने २१ जनाको मृत्यु भएको छ ।

सोही अवधिमा १,६६० जना संक्रमणमुक्त भएका छन् ।

देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७५ हजार ५४८ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८६ हजार ४०४ जना पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

संक्रमितमध्ये ७ लाख ३६ हजार ६६६ जना निको भएका छन् । मृतकको कुल संख्या १० हजार ९२४ जना पुगेको मन्त्रालयले जनाएको छ ।

हाल देशभर कोरोनाका सक्रिय संक्रमित २७ हजार ९५८ जना रहेका छन् ।