जोडिनुहोस
  • होमपेज
  • कोभिड १९ को समयमा २ अर्ब १६ लाख ३५ हजार खर्चमा बनाइएका होल्डिङ सेन्टर प्रयोगविहीन

कोभिड १९ को समयमा २ अर्ब १६ लाख ३५ हजार खर्चमा बनाइएका होल्डिङ सेन्टर प्रयोगविहीन

काठमाडौं : कोभिड १९ संक्रमण महामारीको समयमा २ अर्ब १६ लाख ३५ हजार खर्च गरेर विभिन्न जिल्लामा बनाइएका होल्डिङ सेन्टर प्रयोगविहीन भएको पाइएको छ।

महालेखा परीक्षकको ६० औं  वार्षिक प्रतिवेदनमा  नेपाली सेनाको युनिटअन्तर्गत कोभिड-१९ संक्रमणका समयमा प्रयोग गर्न २०७८ साल असार ३ गते खरिद बन्दोबस्त गरी झापा, मोरङ, पर्सा, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुर जिल्लामा निर्माण गरिएका ७ वटा होल्डिङ सेन्टर प्रयोगविहीन भएको पाइएको हो।

महालेखा परीक्षकको प्रतिवेदनमा भनिएको छ ‘होल्डिङ सेन्टर नेपाली सेनाका युनिटअन्तर्गत कोभिड-१९ संक्रमणका अवधिमा प्रयोग गर्न २०७८/३/३ मा खरिद बन्दोबस्त गरी झापा, मोरङ, पर्सा, कपिलवस्तु, बाँके, कैलाली र कञ्चनपुर जिल्लामा १ हजार बेड क्षमताका ७ होल्डिङ सेन्टर निर्माणमा २ अर्ब १६ लाख ३५ हजार रूपैयाँ खर्च भएको छ। निर्माण भएका संरचनाहरू सुरक्षा निकायको सुरक्षा जिम्मामा रहेको अवस्था छ।

जडान गरिएका अक्सिजन आपूर्ति उपकरण, बिरामीको बेड तथा सोमा प्रयोग गरिएका अन्य स्वास्थ्य सामग्री होल्डिङ सेन्टर सञ्चालन नभएका कारण प्रयोगविहीन अवस्थामा रहेका छन्। उल्लिखित सामग्री अन्य विपद व्यवस्थापनमा उपयोग गर्ने व्यवस्था मिलाउनुपर्दछ।

 

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

धेरै टिप्पणी गरिएका