मिथिलाञ्चलमा लोकपर्व चौठचन्द्र मनाइयो

मिथिलाञ्चलमा लोकपर्व चौठचन्द्र मनाइयो
शुक्रबार, भदौ २५, २०७८

महोत्तरी । मिथिलाञ्चलमा लोकपर्व चौठचन्द्र अर्थात चौरचन मनाइएको छ ।

भाद्र शुक्लपक्षको चतुर्थी तिथीमा घरमा विभिन्न पकवान बनाई, पुजा आजागरि अनेक प्रकारको फलफुल लिएर चन्द्रमाको दर्शन गर्ने परम्परा चौरचनमा रहिआएको छ ।

चौरचनमा दही, खीर र पुरीको विषेश महत्व रहन्छ । साँझमा व्रती महिलाले खीर, पुरी, पिरुकिया, खचुरी, मिठाई, फलफुल राखेर ‘‘मरर भरेर’’ अर्थात थुपारेर पूजा गर्छन । त्यसपछि चन्द्रमाको दर्शन गर्ने गरिन्छ ।

घरपरिवारको कल्याणकोलागि गरिने चौठचन्द्र पर्वमा फलफुल हातमा राखेर चन्द्रमाको दर्शन गर्नाले अभिषप्त चन्द्रमा दोष रहित हुने जनविश्वास छ ।