Thu May 26 2022
देश

विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाइने

काठमाडौं । यस वर्षको विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाउने भएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा फूड फस्र्ट इन्फरमेशन एण्ड एक्शन (एफआइएएन) की कार्यक्रममा कार्यक्रम संयोजक लइनी गुरुङले विश्व खाद्य दिवस महिनाव्यापी रुपमा मनाउने जानकारी दिनुभएको हो ।

उहाँले खानाका लागि खेतीपातीका महत्वपूर्ण सवालहरुमा महिनाव्यपी संवाद तथा अन्तरक्रिया कार्यक्रम पनि राखिएको बताउनुभयो ।

कार्यक्रम संयोजक गुरुङले सरकारले १० वर्षमा देशको खेती प्रणाली जैविक बनाउने प्रतिज्ञा बिर्सिएको र प्रदेश तथा पालिकाहरुले पनि यसमा उत्साह नदेखाएको बताउनुभयो ।

संयोजक गुरुङले १४औँ विश्व खाद्य दिवसको महिनाव्यापी कार्यक्रममा सबै नेपाली भोको रहनु नपर्ने र पर्याप्त खाना खान पाउनेलगायत आधारभूत खाद्य अधिकार, समाजका संरचनात्मक विभेदको अन्त्य गर्ने कुरामा केन्द्रित हुने बताउनुभयो ।

उहाँले कोरोना महामारीको जोखिमसँगै खाद्य तथा कृषि प्रणालीको सुधारका प्रयत्नहरु भइरहेको बताउनुभयो ।

यस वर्ष हाम्रो पहलः सुरक्षित भविष्यका लागि उत्पादन, पोषण र पर्यावरण भन्ने नारासहित ४१औँ विश्व खाद्य दिवस मनाउन लागिएको हो ।

सन् १९७९ देखि शुरु भएको विश्व खाद्य दिवस नेपालले ४ दशक यता मनाउँदै आएको छ ।