पुष्कर खतिवडा, काठमाडौं । ४ दिने नेपाल भ्रमणमा बिहीबार काठमाडौं आएकी अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन्स (एमसीसी)को कम्प्याक्ट अप्रेसन्सकी उपाध्यक्ष फातिमा सुमार उच्चस्तरीय राजनीतिक भेटवार्तामा सक्रिय छिन् ।
बिहीबारै उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायतलाई भेटिन् ।
नेपाल आएकी अमेरिकी सहयोग नियोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) की उपाध्यक्ष फतिमा सुमार नेपालको चारदिने भ्रमणका क्रममा छिन् ।
बिहिबार विहान काठमाडौं आइपुगेको फातिमा नेतृत्वको प्रतिनिधिमण्डल उच्च स्तरीय राजनीतिक भेटघाटमा व्यस्त छ ।
बिहीबार नेपाल आएलगत्तै फातिमाले नेकपा एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्धी केपी शर्मा ओलीसँग उनकै निवास बालकोट पुगेर भेटवार्ता गरिन् ।
भेटमा ओलीले एमसीसीको बारेमा सरकारले सम्बोधन गर्ने भन्दै आफू प्रतिपक्षमा रहेको बताएका थिए ।
भ्रमणको पहिलो दिनै फातिमाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललाई पनि भेटेकी थिइन् । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई लगायतलाई पनि भेटिन् ।
त्यस्तै उनले अर्थमन्त्री जनार्दन शर्मा, उर्जा, जलस्रोत तथा सिचाँइ मन्त्री पम्फा भुसालसँग् भेटवार्ता गरिन ।
फातिमाको भ्रमणसंगै नेपालका नेतादेखि विज्ञसम्मले एमसीसीलाई फरकफरक ढङ्गले व्याख्या र विश्लेषण गरिरहेका छन् । सत्तारूढ गठबन्धनका दलका नेताहरूबीच पनि एमसीसीबारे मत बाझिएको छ ।
सत्ता साझेदार अर्को दल नेकपा माओवादी केन्द्र एमसीसीबारे सकारात्मक छैन भने नेकपा एमालेले एमसीसीको पक्षमा खुलेर सकारात्मक रहेको बताएको छ ।
एमालेबाट विभाजित बनेको माधव नेपालको समाजवादीले अहिलेसम्म यस बिषयमा आफ्नो प्रष्ट धारण राखेको छैन ।
नेपालको गरिबी घटाउन तथा दिगो सामाजिक–आर्थिक विकासका लागि ४ वर्षअघि भदौमा नेपाल सरकार र एमसिसीबीच द्विपक्षीय सम्झौता भएको थियो । त्यसपछि एमसिसीबाट यो तहको भ्रमण पहिलो हो ।
अत्यन्त चासो र महत्वका साथ हेरिएको फातिमाको भ्रमणले सार्थकता पाएमा सडक सञ्जाल, विद्युत् प्रसारण लाइन निर्माणलगायत नेपालको भौतिक पूर्वाधार विकासका आयोजनाका निम्ति अमेरिकाबाट अनुदानस्वरूप रु ५० अर्ब सहयोग प्राप्त हुने छ ।