Sat May 21 2022
देश

एमसीसी संसदबाट पारित हुन लागेको भन्दै चौतर्फी बिरोध

जिबन रानाभाट, काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ ।

एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न खबरदारी गर्दै माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन भएको थियो । एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैन भन्ने प्लाकार्डसहित नाराबाजी गर्नेलाई प्रहरीले लाठी चार्ज गरेको छ ।

अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेञ्ज कर्पोरेसन एमसीसी संसदबाट पारित हुन लागेको भन्दै चौतर्फी बिरोध भएको छ ।

एमसीसी उपाध्यक्ष फातिमा सुमिराको टोली काठमाडौंमा राजनीतिक भेटघाटमा व्यस्त हुँदा राजनीतिक दल तथा केही समूह त्यसको बिरोधमा उत्रेका छन् ।

एमसीसी सम्झौताको विरोधमा शनिबार काठमाडौंमा प्रदर्शन भएको छ । विभिन्न संस्थाको अगुवाइको एक समूहले एमसीसी सम्झौता संसदबाट अनुमोदन नगर्न खबरदारी गर्दै प्रदर्शन गरेको हो ।

सो समूहले माइतीघरदेखि नयाँ वानेश्वरसम्म प्रदर्शन गरेको थियो । उनीहरुले एमसीसी चाहिँदैन, देश बेच्न पाइँदैनलगायत एमसीसीको विरोधमा विभिन्न नारा लेखिएको प्लाकार्ड बोकेका थिए ।

काठमाडौंको माइतिघरमा जम्मा भएका युवाहरुको समुह संसद भवन तर्फ अघि बढेपछि नयाँ बानेश्वरमा झडप भएको थियो ।

सोहि क्रममा केही अभियन्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । एमसीसीको बिरोध गर्दै संसद भवनतर्फ अघि बढेको युवाहरुको समुहलाई प्रहरीले रोकेपछि झडपको स्थिति सिर्जना भएको थियो ।

पूर्ववर्ती केपी ओली नेतृत्वको सरकारले २०७६ सालमा नै एमसीसी अनुमोदन गर्न संसदमा प्रस्ताव दर्ता गरिसकेको छ ।

तर संसदबाट अघि बढ्न नसकिरहेको एमसीसीको बारेमा जानकारी लिन एमसीसी उपाध्यक्ष फातिमा सुमारको टोली काठमाडौंमा आएपछि थप बिरोध भएको हो ।

उपाध्यक्ष फातिमा काठमाडौं आएलगत्तै अमेरिकी दूतावासले जारी गरेको विज्ञप्तिमा ५०० मिलियन अमेरिकी डलर बराबरको परियोजनालाई अगाडि बढाउन आवश्यक पर्ने कदमहरुको बारेमा छलफल भैरहेको भनिएको छ । यता युवाहरुले भने यो राष्टघाती कदम भएको टिप्पणी गरेका छन् ।

एमसीसी सम्झौता संसदबाट अनुमोदनका लागि दवाव दिन फातिमा नेपाल आएको चर्चा भइरहेको छ ।